Main News

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असोज १७ गते १०:०१
मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

१७ असोज २०७९ काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा मोरङ बेलबारी नगरपालिका वडा नम्बर ८ बस्ने ५१ वर्षका कल्पना राजवंशी र झापाको दमक नगरपालिका वडा नम्बर ५ का ६० वर्षका डिल्ली बहादुर दर्जीको मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना ७ ख २०३२ नम्बरको बस गएराति साढे १२ बजे हटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को चुरियामाइमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका मध्य ३ जनाको चितवन मेडिकल कलेज भरतपुर, २ जनाको काठमाडौंका विभिन्न अस्पताल र अन्यको मकवानपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेकामध्ये १४ जना सामान्य घाइते छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *