Main News

व्यवसायीले मनोमानी भाडा असुल्दा दशैंमा यात्रुलाई सास्ती (भिडियो रिपोर्टसहित)

२०७९ असोज १५ गते १७:०७
व्यवसायीले मनोमानी भाडा असुल्दा दशैंमा यात्रुलाई सास्ती (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ धनगढी । दशैंमा थाकथलो फर्कने क्रम चलिरहेको छ । त्यससँगै यात्रु पनि उत्तिकै ठगिने गरेका छन् । सुदूरपश्चिम प्रदेशबाट पहाडी जिल्ला जाने यात्रुसँग यातायात व्यवसायीले आवश्यक भन्दा बढी रकम लिएको गुनासो आएपनि कुनै कारवाही भएको पाइँदैन ।

धनगढी बसपार्कमा रहेका काउण्टरमा यात्रुले बसको टिकट पाउँदैनन् । यातायात प्रालिका कर्मचारी १६ गतेसम्मका लागि टिकट बुक भएको भन्दै यात्रु फर्काउँछन् । तर, यातायात प्रालिको नाम नभएका महंगा टिकट खल्तीबाटै काटेर पहाडी जिल्लामा यात्रु पठाउने गरिएको छ । पहाडी जिल्लामा जाने यातायातका साधनले तोकिए भन्दा बढी भाडा लिएको यात्रुको गुनासो छ ।

सुदूरपश्चिमका यातायात व्यवसायीले क्यूफ्रीमा सार्वजनिक सवारी सञ्चालन गर्दै आएका छन् । पहाडी जिल्लाबाट फर्किदा यात्रु नपाउने भन्दै उनीहरूले महङ्गो भाडा लिने गरेका हुन् । अन्य समय भन्दा अहिले पहाडी जिल्लामा जाने यात्रु ५ सय देखि एक हजारभन्दा बढी भाडा तिनुपर्ने बाध्यता छ ।

यता यातायात प्रालि भन्ने यो विषयमा जानकारी नभएको बताउँदै पन्छिने गर्छ । तर जिल्ला प्रशासन कार्यालय कैलालीले भन्ने यस विषयमा छानविन गरी गल्ती गर्ने व्यवसायीलाई कानूनी कारवाहीको चेतावनी दिएको छ ।

भाडा दरका विषयमा गल्ती गर्ने व्यवसायीलाई सम्बन्धित निकायले कारवाही गर्ने दावी गरेपनि पछिल्लो समय काठमाडौंबाट फर्किने यात्रुले समेत धनगढी र महेन्द्रनगरसम्मको भाडा दिनैपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *