Main News
सल्यानमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु, १७ जना घाइते
२०७९ असोज १५ गते १३:०६

१५ असोज २०७९ सल्यान । सल्यानको चिसापानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन ।
दुर्घटनामा कुमाख गाउँपालिका वडा नम्बर ७ डुमकोटका मानबहादुर पुन र एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
डुमकोटबाट शारदा नगरपालिका वडा नम्बर ११ स्थित खैराबाङ मन्दिर आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप आज बिहान कुमाख गाउँपालिका वडा नम्बर ७ चिसापानीमा दुर्घटना भएको हो ।
घाइते १७ जनाको जिल्ला अस्पताल खलंगामा उपचार भैरहेको छ । उकालोमा ब्याक गर्ने क्रममा जीप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया