राजनीति

गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १४ गते १४:२५
गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल (भिडियो रिपोर्टसहित)

१४ असोज २०७९ काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताउनु भएको छ ।

काठमाडौंमा दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताउनु भयो । उहाँले अहिले देशको विद्रुप रुप देखा परिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्