Main News

आज देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ भदौ २४ गते ९:४८
आज देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

२४ भदौ २०७९ काठमाडौं । आज लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *