Main News

एसिड आक्रमणमा नजिकका नातेदार नै बढी संलग्न

हिमालय टिभी
२०७७ साउन १९ गते १७:२५
एसिड आक्रमणमा नजिकका नातेदार नै बढी संलग्न

१९ साउन, २०७७ । नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको पाइएको छ ।

संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्याङ्क रहेको बताउनुभयो ।

महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले घटेको बताउनुभयो ।

प्रेम सम्बन्धमा खटपट आएका कारण ५ र अनुहार कुरुप बनाउने हिसाबले २ वटा एसिड आक्रमणका घटना घटेको पाइएको उहाँले बताउनुभयो ।

महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थहरुको सहज उपलब्धता नहुने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा ८ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *