Main News

आधुनिक पूर्वाधारको विकासबाट आर्थिक समृद्धि सम्भव : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ ११ गते १६:०५
आधुनिक पूर्वाधारको विकासबाट आर्थिक समृद्धि सम्भव : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले आधुनिक पूर्वाधार विकासबाट मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव भएको बताउनुभएको छ ।

बुटवलमा आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले समस्या निम्तिएको भन्दै समृद्धि हासिल गर्न दीर्घकालीन विकास जरुरी रहेको बताउनुभयो ।

उहाँले योजनाबद्ध तरिकाले शहर व्यवस्थित गर्नका लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पूर्वाधार विकासको आवश्यकता रहेको औंल्याउनुभयो ।

कुनै राजनीतिक विषयमा प्रवेश नै नगरी शहरीकरणको व्यवस्थापन, दीर्घकालीन योजनाले पार्ने प्रभाव र बनेका योजना पूर्ण गतिमा संचालन गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *