राजधानी व्यवस्थापनका लागि शक्तिशाली संसदीय समिति गठन गर्न माग(भिडियो रिपोर्टसहित)

२९ साउन २०७९ काठमाडौं । एमाले सांसद रामवीर मानन्धरले काठमाडौंको फोहर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउनसक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गर्नुभयो ।
राजधानी काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – ‘मैले आजभन्दा ६० दिन अगाडी एउटा प्रस्ताव पेश गरेको थिएँ । फेरि पनि म यो प्रश्ताव पेस गर्न चाहन्छु, यदि इच्छाशक्ति भएको मान्छे भयो भने मात्रै फोहोरमैला उठ्छ काठमाडौंको ।
उहाँले अस्तव्यस्त, ध्वस्त काठमाडौंजस्तै अहिले संसदको पनि कोरम पुग्छ कि पुग्दैन भन्ने स्थिति रहेको भन्दै संसद भवनको वरिपरि हेर्यो भने यहाँ चुहिएर बस्नु नहुने अवस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–यसलाई ध्यान पुर्याउनका लागि म फेरिपनि माग राख्न चाहन्छु । तत्काल शक्तिशाली एउटा समिति गठन गरियोस् । मैले माग गर्दा मैले माग गरेजस्तो भयो त्यसकारण जसको भएपनि इच्छशक्ति भएको मान्छे राख्नुस् ।
उहाँले शक्तिशाली समिति मुलुकको राजधानीलाई व्यवस्थापन गर्नलाई हो उहाँले हुन्छ भने आफ्नै नेतृत्वमा गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया