Main News

कोरोना जोखिम झनै बढ्यो, सरकार र नागरिकलाई विज्ञले दिए यस्तो चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १७ गते २०:४३
कोरोना जोखिम झनै बढ्यो, सरकार र नागरिकलाई विज्ञले दिए यस्तो चेतावनी (भिडियोसहित)

१७ साउन, २०७७ काठमाडौं । सरकाले पछिल्लो समय कोरोना संक्रमण घटदै गएको बताए पनि विज्ञले जोखिम अझै बढेको चेतावनी दिएका छन् । सरकारले प्रयाप्त मात्रामा परीक्षण नगरेको र नागरिकले पनि लापरबाही गरेका कारण संक्रमणको जोखिम धैरै बढेको उनीहरुको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले गत असार २० गते एकै दिन ७ सय ४० जनामा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गर्यो । तर त्यसको भोलिपल्ट मन्त्रालयले संक्रमित घटेको भन्दै २ सय ९३ जनामा मात्र संक्रमण भएको बतायो । र त्यसपछि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा संक्रमण दर घटेको देखिन्छ । साउन ३ गते त जम्मा ५७ जनामा मात्र संक्रमण पुष्टि भयो ।

मन्त्रालयले कोरोना संक्रमण घटयो भनिरहेको बेला विरगञ्ज, नेपालगञ्ज, राजविराज, विराटनगर लगायतका स्थानमा समुदायमा नै कोरोना संक्रमण देखिएको छ । पछिल्ला दिनमा धेरै जनघनत्व भएको काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रका बासिन्दामा संक्रमण देखिन थालेको छ । तर सरकार यस्तो बेला समुदायमै गर्नु पर्ने परीक्षणमा भने चुकिरहेको विज्ञको आरोप छ ।

सरकारले प्रभावकारी काम गर्न नसके कोरोना संक्रमण ‘रोग’को रुपमा फैलने जोखिम बढेको छ ।

समुदायमा नै कोरोना संक्रमण देखिएपछि परीक्षण बढाएर संक्रमितलाई अलग गरेर राख्नु पर्ने हुन्छ । तर सरकारले त्यसो गर्न सकिरहेको छैन । संक्रमण फैलिएका ठाउँका बासिन्दा पनि निर्धक्क अर्को ठाउँमा गइरहेका छन् । जसले जोखिम झनै बढेको छ । त्यसैले सरकारले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने विज्ञको सुझाव छ ।

संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्न र लकडाउन नै गर्नु पर्ने आवाज पनि सुनिन थालेको छ । तर यसअघि तीन महिना पूर्ण लकडाउन गर्दा कोरोनाबाट भन्दा नागरिक भोकले मर्ने स्थिति आयो । लकडाउन मात्र कोरोना रोक्ने उपाय हैन । र कोरोना रोक्न सरकारमात्र जिम्मेवार भएर पुग्दैन । न्यसैले नागरिक पनि सचेत र जिम्मेवार हुनुपर्छ ।

सरकारले लकडाउन खोलेपछि आवागमन र चहलपहल बढेको छ । सुमदायस्तरमा नै संक्रमण देखिएको छ । तर सरकारले पीसीआर परीक्षण केही बढाए पनि सन्तोषजनक छैन । समुदायस्तरमा त परीक्षण पुग्नै सकेको छैन । जसले गर्दा संक्रमण समुदाय स्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम छ । यसतर्फ नागरिक र सरकार दुवै सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *