Main News
महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न एमाले सांसद बस्नेतको माग (भिडियो रिपोर्टसहित)
२०७९ साउन २५ गते १४:४६

२५ साउन २०७९ काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित काम गरेको भन्दै तत्काल निलम्बन गर्न माग गर्नुभएको हो । बस्नेतले खातीले ठगी गरेको आरोप लगाउनुभयो।
सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनस्र्थापना गर्ने सम्बन्धमा उदासिनता देखाएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया