Main News

चुनावको मिति टुंगो लगाउन सत्ता गठबन्धन छलफलमा

हिमालय टिभी
२०७९ साउन १८ गते १६:१५
चुनावको मिति टुंगो लगाउन सत्ता गठबन्धन छलफलमा

१८ साउन २०७९ काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरु आगामी चुनावको मितिबारे छलफलका लागि जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दलका शीर्ष नेताहरू चुनावको मिति टुंगो लगाउन छलफलमा जुटेको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

सरकारले आगामी मंसिर ४ गतेभित्रै निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताइए पनि हालसम्म घोषणा भइसकेको छैन । चुनावको घोषणा नगर्दा प्रमुख प्रतिपक्षी एमालेले चुनाव सार्ने षडयन्त्र भइरहेको आरोप लगाउँदै आएको छ ।

निर्वाचन आयोगले पनि १ सय २० दिनको अवधि राखेर चुनाव घोषणा गर्न सरकारसँग आग्रह गरिसकेको छ । सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमा मिति तोक्ने बताए पनि त्यस दिन बैठक नै बस्न सकेन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्री र सचिवहरुलाई बोलाएर चुनावको मिति चाँडै तोकिने र त्यसको तयारीमा लाग्न निर्देशन दिनु भएको छ । यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि मंसिर ४ गते चुनावको मिति तोकिने अभिव्यक्ति दिँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *