Main News

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

हिमालय टिभी
२०७९ साउन १२ गते ८:०६
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

१२ साउन २०७९ काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ ।

लु दुई दिने भ्रमणका लागि साँझ नेपाल आउन लाग्नु भएको हो । नेपालमा रहँदा लु उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहने बताइएको छ ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने जिम्मेवारीमा रहनुभएका लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भोलि भेटवार्ता गर्नु हुनेछ ।

लुका अन्य कार्यक्रमहरुबारे औपचारिक रुपमा केही पनि सार्वजनिक गरिएको छैन । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेपछि र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्थगित भएको थियो । त्यसपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।

नेपालबाट एमसीसी पारित गराउन लु को मुख्य भूमिका रहेको थियो । दुई साताअघि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालको ४ दिने भ्रमण गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *