समाज

सुक्खा बन्दरगाह निर्माण हुने भएपछि कञ्चनपुरबासी उत्साहित (भिडियो रिपोर्टसहित)

२०७९ असार ३१ गते १७:५२
सुक्खा बन्दरगाह निर्माण हुने भएपछि कञ्चनपुरबासी उत्साहित (भिडियो रिपोर्टसहित)

३१ असार २०७९ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माण हुने भएपछि स्थानीय उत्साहित बनेका छन् । सुक्खा बन्दरगाह निर्माणका लागि १ अर्ब १ कारोड बजेट विनियोजन भएसँगै स्थानीय उत्साहित बनेका हुन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ मा सुक्खा बन्दरगाह निर्माण गरी नेपाल, भारत र चीनको त्रिदेशीय नाका बनाउने सहमति भइसकेको छ । भारतले समेत अहिले गुरुयोजना बनाई वातावरण प्रभाव मूल्यांकनका लागि फाइल पठाइसकेको छ । सम्झौता २०६४ सालमा भए पनि अहिले गुरुयोजना बनाएर बल्ल वातावरण प्रभाव मूल्यांकनको काम भइरहेको हो ।

यो आर्थिक वर्षमा सुक्खा बन्दरगाह निर्माणका लागि १ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ । सुख्खा बन्दगाह यथासक्य छिटो निर्माण गरिनुपर्ने र त्यसका लागि स्थानीय सरकार सहयोगका लागि तयार छ ।

गुरुयोजना अनुसार करिब २८० विघा क्षेत्रफलमा भन्सार, गोदाम, बैंक, जाँचपास सेड, रेल्वे प्लेटफर्म, सुरक्षा निकाय, पार्किङलगायतका संरचना निर्माण हुनेछ । सुक्खा बन्दरगाह निर्माणले रोजगारी सिर्जना गर्ने स्थानीयको विश्वास छ ।

पश्चिमी क्षेत्रबाट आयात निर्यातका लागि सुक्खा बन्दरगाह बन्नुले व्यापार बढ्ने मात्र नभइ सुदूरपश्चिमको विकासमा समेत मद्दत पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *