Main News

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७९ असार १९ गते ९:१९
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

१९ असार २०७९ काठमाडौं । आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी वायुको प्रभावले देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का पानी परिरहेको छ ।

यस्तै राति पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी भोलि दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *