Main News

स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय : राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १५ गते १८:०९
स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय : राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभएको छ ।

महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको हो ।

उहाँले स्थानीय तहका नेतृत्वले विगतका कमीकमजोरीहरु नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको उहाँको भनाइ थियो ।

अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गएपनि आर्थिक परिसूचकहरुमा उत्तारचढाव आइरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *