Main News

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७९ जेठ १२ गते ९:५०
आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

१२ जेठ २०७९ काठमाडौं । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पानी पर्ने सम्भावना छ । यसकै प्रभावले प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा अहिले पनि पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

यसैबीच केही दिनयता लगातार पानी परेको भए पनि मनसुन भने सुरू भइनसकेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् नगरकोटीले केही दिनयता प्रिमनसुन अर्थात मनसुनअघिको अवस्था सक्रिय हुँदा देशका विभिन्न ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङसँगै पानी पर्ने क्रम बढेको जानकारी दिनुभयो ।

यसले गर्दा यो वर्ष नेपालमा मनसुन छिट्टै भित्रने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । तर मनसुन भित्रन अझै ६ दिन बाँकी रहेकाले अहिले नै भन्न सक्ने अवस्था भने नरहेको उहाँको भनाइ छ ।

सामान्यतया जुन १२ तारिखमा मनसुन नेपाल प्रवेश गर्ने भएपनि पछिल्लो केही वर्षयता ढिला प्रवेश गरेर ढिला नै बाहिरिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *