Main News

कामपाको प्रमुखमा बालेन्द्र र उपप्रमुखमा डङ्गोलकै अग्रता कायम

हिमालय टिभी
२०७९ जेठ ३ गते १३:०१
कामपाको प्रमुखमा बालेन्द्र र उपप्रमुखमा डङ्गोलकै अग्रता कायम

३ जेठ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाह र उपप्रमुख पदमा सुनिता डङ्गोलको अग्रता जारी रहेको छ ।

हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिनुभएका शाहले १०८९९ मत ल्याएर आफ्नो अग्रता कायम राख्नुभएको छ ।

उपप्रमुखमा भने नेकपा एमालेका डङ्गोलले ११४५ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले ५८४१ र नेपाली कांग्रेसका सिर्जना सिंहले ५११४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँका प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । हाल कामपामा २५ हजार ९४ मतणाना भइसकेको छ । जसमा ८८२ मत बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *