Main News

माथागढीमा एमालेबाट पूर्वस्वास्थ्यकर्मी चिदी र लुङ्चे विजयी

२०७९ जेठ २ गते १९:३९
माथागढीमा एमालेबाट पूर्वस्वास्थ्यकर्मी चिदी र लुङ्चे विजयी

२ जेठ २०७९ पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का यमबहादुर चिदी निर्वाचित हुनुभएको छ ।

अध्यक्ष चिदीले छ हजार १०९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले पाँच हजार ५५४ मत पाउनुभएको छ । पराजित थापा २०७४ को निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष हुनुहुन्छ ।

उपाध्यक्षमा एमालेकै विष्णुमाया लुङचे पाँच हजार ८८२ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी विजयाकुमारी भट्टराईले पाँच हजार ६४४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका सचिवसमेत रहेका सन्तोषकुमार थापाको पराजय भएसँगै कांग्रेसका कार्यकर्ता तथा नेताहरु अन्तर्घात भएको आरोप प्रत्यारोपमा छन् ।

यहाँ २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य कांग्रेसबाटै विजयी भएका थिए । निर्वाचनमा १९ हजार ३४७ मतदाता रहेको माथागढी गाउँपालिकामा १३ हजार ३०१ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *