Main News

बूढानीलकण्ठमा कांग्रेसको अग्रता

२०७९ जेठ २ गते ७:५७
बूढानीलकण्ठमा कांग्रेसको अग्रता

२ जेठ २०७९ काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गर्नुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गर्नुभएको छ ।

बूढानीलकण्ठ–४ मा कांग्रेसको प्यानल नै विजयी
बूढानीलकण्ठ नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा कांग्रेसको प्यानल नै विजयी भएको छ । उक्त वडाको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार श्रीराम केसीेले १२५९ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्र खड्काले ८०२ मत प्राप्त गर्नुभयो ।

यस्तै वडासदस्यमा कांग्रेसका उम्मेदवारद्वय पवन कार्की १२२४ र कृष्ण खत्री ११८५ मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी महिला सदस्यमा कांग्रेसकी सुमिता खड्काले ११९७ र दलित महिला सदस्यमा कांग्रेसकै मञ्जु परियारले १२३० मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।

कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठमा ३४ हजारभन्दा बढी मत खसेको थियो । उक्त नगरपालिकामा १३ वडा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *