Main News

व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

२०७९ वैशाख ३१ गते २०:०२
व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

३१ वैशाख २०७९ दमौली । तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।

गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते जोशीको हाल काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *