Main News

स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

हिमालय टिभी
२०७९ वैशाख ३० गते १२:१२
स्याङ्जामा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

३० वैशाख २०७९ स्याङ्जा । आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार वालिङ–१४ को पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार १३ जनाको मृत्यु भएको हो भने १२ जना घाइते छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।

घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतक तथा घाइतेको नामावली प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *