Main News

रुकुमपूर्वमा एक जना महिलाको अपहरणपछि हत्या

हिमालय टिभी
२०७९ वैशाख २८ गते ११:१८
रुकुमपूर्वमा एक जना महिलाको अपहरणपछि हत्या

२८ वैशाख २०७९ रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक जना महिलाको अपहरणपछि हत्या भएको छ ।

वैशाख २३ गते पुथाउत्तरगंगा गाउँपालिका– ११ टक्सेरामा माओवादी र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीचको झडप पछि बेपत्ता भएकी ३९ वर्षीया डोटी बुढा जुनमायाको शव हिजो भेटिएको हो।

झडपमा एमाले कार्यकर्ता रहेका आफ्नो भाइसमेत परेको थाहा पाएपछि उनी झडप भएको ठाउँमा पुगेको रुकुम पूर्वका एमाले पार्टी इन्चार्ज खेममान खड्काले जानकारी दिनुभयो । त्यस पछि उनी वेपत्ता भएकी थिइन ।

झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । अपहरणपछि खोजतलास गर्दा हिजो घरदेखि करिब ३ किलोमिटरमाथि जंगलमा शव भेटिएको थियो ।

जुनमायाको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । रुकुमपूर्व प्रहरीले घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ ।

मृतकको कानबाट रगत बगेको, शरीरभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको देखिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *