गरिब कहिलेसम्म सबैका भोट बैंक मात्र ? (भिडियो रिपोर्टसहित)
२०७९ वैशाख २५ गते २०:२०

२५ वैशाख २०७९ सुर्खेत । निर्वाचनका बेला दलित, सुकुम्बासी र सीमान्तकृत समूदायका नागरिक जुनकुनै उम्मेद्वारका लागि भोट बैंक हुने गरेका छन् ।
गरीबी र अशिक्षा जस्ता समस्यासँग जुधिरहेका नागरिकलाई फकाउन उम्मेद्वारलाई सजिलो छ । त्यस्ता नागरिकलाई प्रलोभनमा पारेर भोट लिने तर उनीहरुका अपेक्षालाई नजरअन्दाज गरिदिने प्रवृत्ति आम जस्तै बन्दै आएको छ ।
सुर्खेतको बराहताल गाउँपालिकाका बाढी पीडित सुकुम्बासीले पाँच वर्षअघि जुन आशा राखेर भोट दिएका थिए उनीहरुको समस्या ज्यूँकात्यूँ छ । यतिबेला भने पुराना प्रतिबद्धता पूरा गर्न नसकेकाले लाजै लागेर हो कि उम्मेदवारहरु भोट माग्नसमेत आएका छैनन् ।
प्रतिक्रिया