गरिब कहिलेसम्म सबैका भोट बैंक मात्र ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २५ गते २०:२०
गरिब कहिलेसम्म सबैका भोट बैंक मात्र ? (भिडियो रिपोर्टसहित)

२५ वैशाख २०७९ सुर्खेत । निर्वाचनका बेला दलित, सुकुम्बासी र सीमान्तकृत समूदायका नागरिक जुनकुनै उम्मेद्‌वारका लागि भोट बैंक हुने गरेका छन् ।

गरीबी र अशिक्षा जस्ता समस्यासँग जुधिरहेका नागरिकलाई फकाउन उम्मेद्‌वारलाई सजिलो छ । त्यस्ता नागरिकलाई प्रलोभनमा पारेर भोट लिने तर उनीहरुका अपेक्षालाई नजरअन्दाज गरिदिने प्रवृत्ति आम जस्तै बन्दै आएको छ ।

सुर्खेतको बराहताल गाउँपालिकाका बाढी पीडित सुकुम्बासीले पाँच वर्षअघि जुन आशा राखेर भोट दिएका थिए उनीहरुको समस्या ज्यूँकात्यूँ छ । यतिबेला भने पुराना प्रतिबद्धता पूरा गर्न नसकेकाले लाजै लागेर हो कि उम्मेदवारहरु भोट माग्नसमेत आएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *