Main News
एआईजी पोखरेलले दर्ता गरेको रिटमा आज सुनुवाइ हुँदै
२०७९ वैशाख २१ गते ९:४६

२१ वैशाख २०७९ काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गराउनुभएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्ति गरेको थियो ।
प्रतिक्रिया