Main News

चितवनमा पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्रीको प्रयास

हिमालय टिभी
२०७९ वैशाख १४ गते १८:२७
चितवनमा पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्रीको प्रयास

१४ वैशाख २०७९ चितवन । गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन पहल गर्नुभएको छ ।

सत्ता गठबन्धनबाट महानगरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ । तर, केन्द्रसँग असन्तुष्ट पौडेलले छुट्टै मनोनयन दर्ता गराएपछि चितवन कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै समस्या हुने देखिएको छ ।

चितवन पुगेका गृहमन्त्री खाणले संचारकर्मीसँग असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताउनुभयो ।

गठबन्धनका कारण पार्टीका मतदाता नगुम्ने गृहमन्त्रीको दाबी छ । बागी उम्मेदवारी दिएका उमेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय छ ।

स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने विश्वास गृहमन्त्री खाणको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *