खेलकूद
बेटिसलाई कोपा डेल रे फूटबलको उपाधि
२०७९ वैशाख ११ गते ९:४९

११ वैशाख २०७९ काठमाडौं । रियल बेटिसले, स्पेनिस कोपा डेल रे फूटबलको उपाधि हात पारेको छ ।
गएराति भएको फाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै बेटिसले उपाधि जितेको हो । बेटिसले तेस्रो पटक कोपा डेल रे को उपाधि जितेको हो ।
पछिल्लो पटक बेटिसले सन् २००५ मा उपाधि जितेको थियो । बेटिसको यो चौंथो मुख्य उपाधि हो ।
सेभियामा भएको फाइनलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
प्रतिक्रिया