Main News

साझा उम्मेदवारको मापदण्ड तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

हिमालय टिभी
२०७८ चैत १७ गते ७:४५
साझा उम्मेदवारको मापदण्ड तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१७ चैत २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनमा साझा उम्मेदवारीको मापदण्डबारे छलफलका लागि सत्ता गठबन्धनमा आवद्व दलको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ । बैठकमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ।

मंगलबार सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरेको थियो।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन गरेर चुनावमा जाने बताउँदै आएका छन् ।

सत्तारुढ दलका नेताले एमालेलाई पराजित गर्नका लागि जसरी पनि गठबन्धन गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिंदै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *