राजनीति

प्रतिनिधि सभा बैठक आज बस्दै, महाअभियोग प्रक्रिया अघि बढाउने तयारी

हिमालय टिभी
२०७८ फागुन २९ गते ७:२६
प्रतिनिधि सभा बैठक आज बस्दै, महाअभियोग प्रक्रिया अघि बढाउने तयारी

२९ फागुन २०७८ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोक्ने उल्लेख छ।

यसअघिको बैठकले महाअभियोग सिफारिस समिति गठन गरिसकेको छ। ११ सदस्यीय सिफारिस समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि सहभागी छ।

त्यस्तै आज सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ। एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ। तर सभामुख सापकोटाले भने अवरोधकै बीच बैठकका काम कारबाही अघि बढाउँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्