Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १५५ संक्रमित थपिँदा ४५० संक्रमणमुक्त

हिमालय टिभी
२०७८ फागुन १४ गते १६:०८
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १५५ संक्रमित थपिँदा ४५० संक्रमणमुक्त

१४ फागुन २०७८ काठमाडौं । नेपालमा १ सय ५५ जना कोरोना संक्रिमत थपिएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

२ हजार २ सय ३९ पीसीआर परीक्षणमा १ सय १ र २ हजार ९ सय १३ एन्टिजेन परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३४ पुगेको छ । पछिल्लो पटक ५ सय ४० जना संक्रमण मुक्त भएका छन् ।

अहिले देशभर ८ हजार ८ सय ३९ सक्रिय संक्रमित छन् । ९२ जनाको आइसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक १ लाख २९ हजार १ सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *