Main News

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या

हिमालय टिभी
२०७८ माघ २४ गते ७:४२
सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या

२४ माघ २०७८ सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ ।

आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *