Main News

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

हिमालय टिभी
२०७८ पुष २८ गते १७:००
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

२८ पुस २०७८ काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।

राष्ट्रियसभा, स्थानीय तहको निर्वाचन लगायतका विषयमा दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरिएको आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले जानकारी दिनुभया ।

बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ दललाई निमन्त्रणा गरिएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ ।

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् ।

२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो । त्यतिबेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *