Main News

एकै दिन थपिए ९४४ कोरोना संक्रमित, २९७ जना संक्रमणमुक्त

हिमालय टिभी
२०७८ पुष २४ गते १६:३०
एकै दिन थपिए ९४४ कोरोना संक्रमित, २९७ जना संक्रमणमुक्त

२४ पुस २०७८ काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमणदर बढ्दै गएको छ । हिजो ९ सय ६८ जनामा संक्रमण देखिएकोमा आज ९ सय ४४ जना संक्रमित थपिएका छन् ।

९ हजार ७ सय ६२ जनाको पीसीआर र परीक्षणमा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टीजेन परीक्षणमा २४८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज चार सय ८१ संक्रमित थपिए । काठमाडौंमा ३ सय ६२ ललितपुरमा ९४ र भक्तपुरमा २५ जनामा संक्रमण देखिएको छ ।

आज पनि संक्रमणबाट कसैको मृत्यु भएको छैन । कोरोनाबाट आजसम्म ११ हजार ६ सय २ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो पटक ९ सय २७ जना निको भएका छन् ।

हाल नेपालमा ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा २ लाख ४३ हजार ४ सय ६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *