Main News
एमालेले हार स्वीकार गरिसकेको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ पुष २३ गते १९:००

२३ पुस २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकार गरिसकेको टिप्पणी गर्नुभएको छ ।
पार्टीको काठमाडौं महानगर कमिटीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा आफ्नो दम्भी स्वभावविपरीत ओलीले हार स्वीकार गरेको टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष ओलीले जिल्ला अधिवेशनको भर्चुअल माध्यामबाट उद्घाटन गर्दै राष्ट्रिय सभामा एमालेको प्रतिकुल अवस्था रहेको बताउनुभएको थियो । अध्यक्ष नेपालले ओलीले देशभर एकसाथ जिल्लाको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाउनु भयो ।
अध्यक्ष नेपालले एमालेमा ओलीको चाकडी नगर्ने नेताकार्यकर्ता आफ्नो पार्टीमा आउने दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया