Main News

चिसो र शितलहर बढेपछि प्रदेश २ का विद्यालय बन्द

हिमालय टिभी
२०७८ पुष २१ गते ८:३५
चिसो र शितलहर बढेपछि प्रदेश २ का विद्यालय बन्द

२१ पुस २०७८ काठमाडौं । चिसो र शितलहर बढेपछि प्रदेश २ का स्थानीय तहहरूले केही दिनलाई विद्यालय बन्द गराएका छन् ।

धनुषाका ३ वटा स्थानीयहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

यस्तै पर्साका पनि विभिन्न ३ वटा स्थानीय तहले चिसोकै कारण विद्यालयको बिदा दिएको छ । पर्सा जिल्लाका ठोरी,धोबिनी र जिराभवानी गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयलाई बिदा दिएको छ ।

चिसोको कारण पुस २४ गतेसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गराएको छ । चिसोले बालबालिकाको संख्या कम हुन थालेपछि मंगलबारदेखि ५ दिन सम्मका लागि विद्यालयहरूको पठनपाठन बन्द गराएको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले बताउनुभयो ।

लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले मंगलबारदेखि अर्को सूचना नहुनजेलसम्मको लागि पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्णय भएको बताउनुभयो ।

धनुषाका नगराइन नगरपालिकाले पनि मंगलबारदेखि ५ दिनसम्म विद्यालय बन्दको निर्णय गरेको छ । विद्यालय सञ्चालकहरूले स्थानीय र प्रदेश सरकारलाई चिसो र शितलहरबाट जोगाउने उपाय खोज्न पनि माग गरेका छन् ।

उनीहरूले धेरै चिसो भएका स्थानमा दाउराको प्रबन्ध गर्दै सार्वजनिक स्थानमा आगो ताप्ने तथा गरिव एवं विपन्नलाई न्यानो कपडा वितरण गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *