बागमती प्रदेशसभा बैठक आज बस्दै
७ पुस २०७८ हेटौंडा । बागमती प्रदेशसभाको नवौं अभिवेशनको छैटौं बैठक आज बस्दैछ।
बागमती प्रदेशसभाको नवौं अधिवेशनको छैटौं बैठक आज बस्न लागेको हो । गएको कात्तिक २२ गते मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत लिएरसँगै स्थगित प्रदेशसभाको नवौं अधिवेशनको बैठक झण्डै डेढ महिनापछि बस्न लागेको छ ।
मुख्यमन्त्रीका रुपमा पाण्डेले विश्वासको मत लिन एकपटक बाहेक अन्य समयमा संसद चलाउन सक्नु भएको छैन ।
गठबन्धनमा सामेल दलबीच भागबण्डा मिलाउन मन्त्रालय विभाजनमै व्यस्त भएको पाण्डे नेतृत्वको प्रदेश सरकारले प्रदेशसभालाई बिजनेस दिन सकेको छैन।
अघिल्लो सरकारले संसदलाई बिजनेसविहीन बनाएको भन्दै विरोध गर्ने दल सरकारमा पुगेको डेढ महिना पुग्दासम्म सरकारको काम कारबाही प्रभावकारी बनाउन आवश्यक ऐन, कानून निर्माण गरी संसद चलाउनेतर्फ ध्यान दिन नसक्दा आलोचना बढेको छ । बैठक आज दिउँसो एक बजे बस्नेछ।
प्रतिक्रिया