Main News
त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्ने मन्त्री पौडेलको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)
२०७८ पुष ५ गते १६:२१

५ पुस २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले त्रिविका समस्या पहिचान गरी समाधान गर्ने बताउँदै विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गर्ने दाबी गर्नुभयो ।
मन्त्री पौडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो ।
उहाँले विदेशीन बाध्य भएका विद्यार्थीहरुलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भुमिका त्रिभूवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया