Main News
एमसीसीको विरोधमा प्रदर्शन गर्ने १५ बढी पक्राउ
२०७८ मंसिर २८ गते १५:४७

२८ मंसिर २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा संसद भवन नयाँ बानेश्वर घेराउ गर्न गएका विभिन्न ६ पार्टका कार्यकर्ता माथि प्रहरीले बल प्रयोग गरेको छ ।
घेराउ गर्न गएका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले प्रहरीको ब्यारिकेडसमेत तोडफोड गरेका थिए। उनीहरुलाई अहिले बानेश्वर वृतमा राखिएको प्रहरीले जनाइएको छ।
आजदेखि शुरु भएको संघीय संसदको अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको भन्दै नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनतान्त्रिक मोर्चाले सम्झौता खारेजीको माग गर्दै संसद भवन घेराउको तयारी गरेका थिए।
प्रतिक्रिया