कांग्रेस महाधिवेशनमा नेता-कार्यकर्ताको उत्साह (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७८ काठमाडौं । पटकपटक सर्दै आएको सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्ततः आज शुरु भयो । पार्टीको विधान र संवैधानिक समयसीमा समेत पार गर्दै ५ वर्ष ९ महिनापछि शुरु भएको हो । जसका कारण कांग्रेसका नेता कार्यकर्ता निकै उत्साही छन् ।
पार्टीको आन्तरिक जीवनमा महाधिवेशन र निर्वाचन महाउत्सव जस्तै हो । ढिलैगरि भए पनि पार्टीको महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ता एवम् प्रतिनिधिहरु निकै उत्साही छन् ।
महाधिवेशनमा सहभागी हुन स्वदेश तथा विदेशबाट ४५ सयभन्दा बढी प्रतिनिधिहरु काठमाडौं आएका छन् । उद्घाटन सत्रमा नेता, कार्यकर्ताको पनि बाक्लै उपस्थिति थियो । देशैभरिबाट उत्साहपूर्वक आएका नेता एवम् कार्यकर्ताहरु पार्टीको नयाँ नेतृत्व छान्न आतुर छन ।
देशकै पुरानो लोकतान्त्रिक पार्टी मानिने कांग्रेसमा महाधिवेशनलाई सर्वोच्च निकाय मानिन्छ । यद्यपि केवल नेतृत्वको हानाथापले महाधिवेशनको महत्व घटाएको भान केही प्रतिनिधिहरुको छ ।
प्रतिक्रिया