Main News

शिक्षामन्त्री पौडेलले भने– ठोस प्रस्ताव ल्याउनुस्, मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गर्छु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २० गते १८:१२
शिक्षामन्त्री पौडेलले भने– ठोस प्रस्ताव ल्याउनुस्, मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गर्छु (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७८ काठमाडौं । सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गर्नुभयो ।

शिक्षामन्त्री पौडेलले मदरसा शिक्षाको रुपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराउनु भयो ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताउनुभयो ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *