संसदीय समितिमा कोरानाको नयाँ भेरियन्टबारे चासो (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोभिड १९ नियन्त्रण तथा उपचार व्यवस्थापनको विषयमा छलफल भयो । छलफलमा समितिले सरकारलाई खोप अभियानलाई प्रभावकारी बनाउने लगायत निर्देशन समेत दिएको छ ।
बैठकमा संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यका साथै स्वास्थ्यमन्त्री र विज्ञहरु उपस्थित थिए । समिति सदस्यहरुले कोरोनाको नयाँ भेरियन्ट रोकथामको पूर्वतयारी, खोपको पहुँच, प्रभावकारिता लगायतका विषयमा चासो राखे ।
बैठकमा ओमिक्रोन खतरनाक हो, हैन, भन्ने विषयमा पनि प्रश्न उठ्यो। विज्ञहरुले ओमिक्रोनको विषयमा अध्ययन भैरहेको भए पनि हाललाई ओमिक्रोन खतरापूर्ण नभएको जानकारी गराए ।
योसँगसँगै स्वास्थ्य मन्त्री विरोध खतिवडाले बुस्टर डोज दिनका लागि सरकारले गरिरहेको तयारी लगायतका विषयमा जानकारी गराउनुभयो ।
बैठकको अन्त्यमा समिति सभापति जयपुरी घर्तीले सीमानाकामा कडाइ गर्न, जेष्ठ नागरिकलाई घरमै पुगेर खोप दिने व्यवस्था गर्न तथा नयाँ भेरियन्टको विषयमा पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिनुभयो ।
बैठकमा कोरोना विरुद्धको खोप आयात गर्न सरकारले गरिरहेको तयारीको विषयमा पनि जानकारी गराइएको थियो ।
प्रतिक्रिया