Main News

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

हिमालय टिभी
२०७८ मंसिर १४ गते १५:१६
कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

१४ मंसिर २०७८ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश गर्नुभएको छ ।

गएको कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भोलि बस्ने बैठकमा निर्णय हुनेछ। राष्ट्रिय महाधिवेशनमा सहभागि हुन चितवन आएका कारण आजको बैठकमा नेकपा एमालेका सदस्य अनुपस्थित रहेकाले उनीहरुलाई पर्खने निर्णय भएको हो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् ।

प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग २३ मत छ । माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *