राजनीति

सम्पादकसँग अन्तर्क्रिया : ओलीले क-कसलाई के सन्देश दिनुभयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ७ गते २०:३४
सम्पादकसँग अन्तर्क्रिया : ओलीले क-कसलाई के सन्देश दिनुभयो ? (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । दशौँ महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकसँग अन्तर्क्रिया गर्नुभयो । अन्तर्क्रियालाई उहाँले पार्टीभित्रकै र पार्टी बाहिरका आफ्ना विरोधीलाई तर्साउने माध्यम बनाउनुभयो । अन्तर्क्रियाबाट ओलीले कस कसलाई के के सन्देश दिनुभयो त ?

असन्तुष्टलाई पाखा लगाउन चुनावको कार्ड
नेकपा एमालेले वडा तहदेखिकै अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्दै आएको छ । अध्यक्ष केपी शर्मा ओलीले नै सर्वसम्मत नेतृत्व चयनलाई लोकतन्त्रको उच्चतम नमूना भन्नुभएको छ ।

अधिकांश जिल्लाबाट सहमतिकै आधारमा महाधिवेशन प्रतितिधि चयन गराएका ओली आफैं आगामी अध्यक्षका लागि बलियो अवस्थामा हुनुहुन्छ । तर उहाँलाई उपाध्यक्ष भीम रावल लगायतका नेताले चुनौती पनि दिएका छन् । रावल ओलीका मन नपर्ने पात्रमा पर्नुहुन्छ ।

त्यसैले उहाँले ओलीलाई काउण्टर दिनु भएको छ । काउण्टर दिए पनि रावलले चुनाव जित्ने सम्भाव क्षिण छ । त्यसैले वडा तहदेखि सर्वसम्मत नेतृत्व चयन गर्दै आएका ओली महाधिवेशनमा भने चुनावको कार्ड फ्याकेर असन्तुष्टलाई पाखा लगाउने रणनीतिमा हुनुहुन्छ ।

पूर्व एमालेका माधवकुमार नेपाल पक्षमा रहेर एमालेमै फर्केका १० भाइ भनिने १० नेता र पूर्व माओवादी नेता प्रतिष्पर्धा भए चुनाव जित्न सक्ने अवस्था छैन । त्यसैले बार्गेनिङ पावर घटाउनलाई ओलीले चुनावको कार्ड फ्याकेको चर्चा छ ।

आत्मासन्तुष्टि कि आत्मारती ?
माधवकुमार नेपालको नेतृत्वमा पार्टी फुटेर एकीकृत समाजवादी पार्टी बनेपछि त्यसको हैसियत कत्रो हुने र एमालेलाई कति क्षति हुने भन्ने हिसाव किताव त चुनावमै होला । तर एउटै पार्टीमा रहेर सधैं टाउको दुखाइभएका नेता नेपालको अनुपस्थितिले ओलीलाई भने हाइसन्चो भएको छ । र महाधिवेशनमा उठ्न सक्ने सम्भावित आक्रोशलाई रोक्नका लागि पनि ओली भन्दै हुनुहुन्छ सधैंका ल्याङल्याङ अन्त्य भयो, चिन्ता गर्नु पर्दैन ।

प्रचण्डप्रति व्यङ्ग्य
महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले अर्को निशाना साध्नु भएको छ( माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित । चितवनलाई आफ्नो निर्वाचन क्षेत्र बनाएका प्रचण्डलाई आगामी चुनावमा साइजमा ल्याउन एमालेले पूर्वमाओवादी कमाण्डर रामबहादुर थापा बादललाई उपयुक्त पात्र ठानेको छ । त्यसैले बुटबलमा गर्ने निधो गरेको १०‍ औ महाधिवेशन अन्तिममा चितवनमा लगिएन मात्र महाधिवेशन मूल व्वस्थापना समितिको संयोजक नै थापालाई बनाइयो ।

एमालेमा बा प्रबृति नहुने हो भने आगामी महाधिवेशनमा अध्यक्ष ओलीले अनेकौं प्रश्नको सामना गर्नु पर्नेछ । तर वडा तहदेखि केन्द्रसम्म गरिएको कुटनीतिक सेटिङका कारण सम्भवत यि सबै प्रश्न ओझेलमा पर्नेछन्। ओली फेरी आन्तरिक लोकत्नलाई कमजोर पार्दै पार्टीमा भने शक्तिशाली अध्यक्षका रुपमा आगामी पाँच वर्षका लागि चयन भएर आउनुहुनेछ भन्नेमा दुईमत नहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्