Main News

झरीपछि लुम्बिनी प्रदेशमा डेंगु र स्क्रब टाइफसको जोखिम बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ६ गते २०:२८
झरीपछि लुम्बिनी प्रदेशमा डेंगु र स्क्रब टाइफसको जोखिम बढ्यो (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७८ रुपन्देही । कात्तिक महिना लागेपछि लुम्बिनी प्रदेशमा डेंगु र स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । कोरोना संक्रमणको जस्तै ज्वरो आउने लक्षण हुने यी दुवै रोगका बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बढ्न थालेका छन् । उपचारको लागि आउनेमा बालबालिका धेरै छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दैनिक ज्वरो आएर भर्ना हुने १० बालबालिकामध्ये ३ जनामा स्क्रब टाइफस देखा पर्न थालेको छ । डेंगुका बिरामी पनि उपचारका लागि आउन थालेका छन् । कात्तिक महिनामा बेमौसमी वर्षा भएपछि डेंगुका बिरामी बढेको पाइएको छ ।

अहिले स्क्रब टाइफस देखापर्ने मौसमसमेत भएकाले बिरामी बढेको चिकित्सक बताउँछन् । बालबालिकामा डेंगुको तुलनामा स्क्रब टाइफस बढी छ । मुसामा पाइने माइट नामक परजीवीको टोकाइबाट मानिसमा स्क्रब टाइफस सर्छ ।

स्क्रब टाइफस र डेंगुका बिरामीमा कोरोनाको जस्तै लक्षण देखा पर्दछन् । स्क्रब टाइफस संक्रमितमा टाउको तथा मांसपेशी दुख्ने, ज्वरो आउने, पखाला लाग्ने, घाउ देखिनेलगायतका लक्षण हुन्छन् ।

उपचारमा ढिलाइ गरे ज्यानै जान सक्ने खतरा रहेको स्वास्थ्यकर्मी बताउँछन् । डेंगु दिउँसो सक्रिय हुने एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्छ । डेंगुको लक्षण पनि उच्च ज्वरो र शरीर दुख्ने नै हुन्छ ।

बेमौसमी वर्षाले गर्दा तराईका जिल्लामा डेगुको संक्रमण अझै फैलिन सक्ने डर पैदा भएको छ । किराको टोकाइबाट हुने यस्ता रोगको संक्रमण न्यूनिकरणका लागि थप सचेत बन्न आवश्यक देखिएको छ ।

आफ्नो घर वरपर लामखुट्टको बासस्थान नष्ट गर्ने तथा सरसफाईमा ध्याने दिने हो भने डेंगु र स्क्रब टाइफस संक्रमणको जोखिम कम हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *