Main News

आजदेखि केही दिन चट्याङ र हावाहुरीसहित पानी पर्ने

हिमालय टिभी
२०७८ असोज ३१ गते ९:३०
आजदेखि केही दिन चट्याङ र हावाहुरीसहित पानी पर्ने

३१ असोज २०७८ काठमाडौं । आजदेखि केही दिन देशका विभिन्न ठाउँमा वर्षासँगै चट्याङ र हावाहुरी चल्ने भएकाले पदयात्रामा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

अहिलेको मौसम पदयात्राका लागि उपयुक्त हो । तर आजदेखि केहीदिन मौसम अनुकुल नहुने भएकाले पदयात्रामा ननिस्कन मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले आग्रह गर्नुभयो ।

उहाँका अनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले देशभरी नै पानी पार्ने देखिएको छ ।

यसको प्रभाव आजको भन्दा भोलिदेखि बढ्ने उहाँको भनाइ छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

यसकै प्रभावले भोलिदेखि भने देशका एकदुई ठाउँमा ठूलो पानी पर्ने देखिएको उहाँको भनाइ छ । पानी पर्दा काट्ने बेला भएको धान भित्राउन भने किसानलाई समस्या हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *