Main News

कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख नाघ्यो

हिमालय टिभी
२०७८ असोज १० गते ८:०८
कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख नाघ्यो

१० असोज २०७८ काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४ हजार नौ सय ४१ पुगेको हो ।

यस्तै अहिलेसम्म ६५ लाख २८ हजार तीन सय ९२ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यसैबीच नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५९ हजार आठ सय ७५ जना पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *