Main News

थुनुवा केन्द्रको आरोप खेप्दै आएको क्वारन्टिनमा अब नाटक ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १४ गते १८:२२
थुनुवा केन्द्रको आरोप खेप्दै आएको क्वारन्टिनमा अब नाटक ! (भिडियोसहित)

१४ असार, २०७७ दाङ । कोरोना संक्रमणको जोगिख कम गर्न देशभर क्वारन्टिन सञ्चालन भइरहेका छन् । ती क्वारन्टिनमा न्युनतम मानवीय सुविधा पनि छैन । जसले गर्दा क्वारन्टिनमा बस्नेहरु दिक्क छन् । उनीहरुको यस्तो दिक्दारी मेट्न र हौसला बढाउन क्वारन्टिनमा नाटक देखाउन थालिएको छ ।

यहाँ देखाइएको यो नाँच कुनै पनि मनोरञ्जन र कोरोनामुक्त भएर खुसियाली मनाएको दृष्य होइन । यो त क्वारन्टिनमा बसेकालाई हौसला तथा सन्देश प्रदान गर्ने उद्देश्यलेले गरिएको नाटकको एउटा अंश हो ।

क्वारन्टिनमा कुनै सुविधा नभएको र क्वारन्टिन मृत्युको अखडा बनेको भन्दै आलोचना भइरहेका बेला क्वारन्टिनमा बस्नेको हौसला बढाउन यसरी नाटक देखाइएको हो । दाङको तुलसीपुरमा रहेको नमूना युवा संसदको अगुवाईमा यस्ता कार्यक्रम भइरहेका हुन् ।

क्वारन्टिनमा बसेकाहरुको मनोबल वृद्धि गरी स्वास्थ्य सुरक्षा, स्वास्थ्य सजकता, मानसिक विचलनमा कमी ल्याउन यस्तो अभियान शुरु गरिएको हो । शुरुमा १० वटा क्वारन्टिनमा नाटक देखाउने र विस्तारै जिल्लाभर जाने योजना आयोजनाको छ ।

नाटकमा स्वास्थ्यकर्मीबाट पनि कमीकमजोरी हुने गरेको र डिप्रेशनका कारण आत्महत्या गर्ने स्थितिमा पुग्ने देखाइएको छ । यी कमजोरीलाई खबरदारी गर्दै सकारात्मक सन्देश दिने अभियानकर्मीको प्रयास छ ।

नाटकलाई क्वारन्टिनमा बस्नेहरुले पनि रुचाएका छन् । नाटकबाट धेरै राम्रो सन्देश पाएको प्रतिक्रिया दिएका छन ।

न्युनतम मानवीय सुविधा पनि नभएको क्वारन्टिनमा बस्दा दिक्क भएकाहरुका लागि यसरी मनोरञ्जनात्मक कार्यक्रम गर्नु सकारात्मक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *