Main News

नयाँ बजेटमा अघिल्लो सरकारको कुनै पनि योजना नहटाइएको अर्थमन्त्रीको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ४ गते १४:४९
नयाँ बजेटमा अघिल्लो सरकारको कुनै पनि योजना नहटाइएको अर्थमन्त्रीको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याएको नयाँ बजेटमा अघिल्लो सरकारका कुनै पनि योजना नहटाइएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभा बैठकबाट बजेट पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री शर्माले अघिल्लो सरकारले विनियोजन गरेको बजेटमा ३ प्रतिशत मात्र कटौती गरेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सरकारले ल्याएको योजना अहिलेको सरकारले काटेको आरोप लगाइरहेको छ । तर त्यो आरोपमा कुनै सत्यता नभएको मन्त्री शर्माले बताउनुभयो । उहाँले योजना काटेर नभई राजस्व बढाउने लक्ष्य राखेर बजेटको व्यवस्थापन गरिएको बताउनुभयो ।

एमालेको विरोधको बिचमा बजेट पेश भए पनि उहाँले प्रतिपक्षी दलसँग सौहार्दपूर्ण वतावरण बनिरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *