Main News

दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने

हिमालय टिभी
२०७८ भदौ २६ गते ८:४६
दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने

२६ भदौ २०७८ काठमाडौं । आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भारतको पूर्वी राजस्थान आसपास रहेको न्यून चापीय क्षेत्र र बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले अहिले पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । अरु ठाउँमा घाम लाग्दै बादल लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *