Main News

आज बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारीमा सरकार

हिमालय टिभी
२०७८ भदौ २५ गते ८:०७
आज बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारीमा सरकार

२५ भदौ २०७८ काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८–७९ को बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक आज प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ ।

संसद भवन बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक पेश गर्न लागेको हो ।

प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिवेशनको पहिलो दिन बसेको तीन वटै बैठकमा नाराबाजी गरेको थियो । त्यसका बावजुद २३ गतेको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको सरकारले आज पनि अवरोधका बीच प्रतिस्थापन विधेयक टेबल गर्ने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले कारबाही गरिएका माधव नेपालसहित एकीकृत समाजवादीमा लागेका १४ जना सदनमा उपस्थित भएसम्म बैठक चल्न नदिने अडान लिंदै आएको छ ।

प्रतिस्थापन विधेयकमार्फत् एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *